सर्लाहीबाट आएको बस बिहानै त्रिशुलीमा खस्यो, ३ जनाको मृत्यु, २५ बेपत्ता (अपडेट)

Advertisement

धादिङ । सर्लाहीको मलङगाबाट आइरहेको बस बिहानै त्रिशुली नदिमा खस्दा तीन जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन् । बेनिघाटको सलाङघाटमा ना ६ ख ७४६९ नम्बरको बस बिहान करिव साढे ३ बजे त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा चालकसहित १२ जनाको उद्दार गरिएको धादिङ प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए ? भन्ने यकिन नभए पनि ४० जना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरी खटिएको छ ।

बस अप्ठ्यारो ठाउँमा दुर्घटना भएको र आधा पानीमा डुबेकोले उद्दारमा समस्या भएको छ । उद्धार गरिएका घाइतेहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा प्राथमिक उपचार भइरहेको छ । प्रहरीका अनुसार बसमा सवार करिब २५ जनाको खोजीका लागि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिम परिचालन गरिएको छ।

Advertisement

Advertisement

Advertisement