मानव बेचविखन तथा ओसारपोसार मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ

Advertisement

भद्रपुर । मानव बेचबिखन तथा ओसारपोसार मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–४ झापाका ६४ वर्षीय इन्द्रप्रसाद अधिकारीलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत झापाले विसं २०६७ असार १४ गतेको फैसलाअनुसार नौ वर्ष कैद र रु पाँच लाख ३० हजार जरिवाना तोकेको अभियुक्त अधिकारीलाई बिहीबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिप्रका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

यसैगरी, कनकाई नगरपालिका–२ जामुनखाडीका ६७ वर्षीय उदयनारायण गिरी र उनका ४० वर्षीय छोरा रनबहादुर गिरीलाई १३.८० ग्राम अफिमसहित प्रहरीले पक्राउ गरेको छ ।

गिरीको घरको दराजमा लुकाएर राखेको सो अफिमसहित उनीहरुलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रवक्ता श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement