नागढुंगा–नौबिसे सुरुङ मार्ग बनाउने जिम्मा जापानी कम्पनीलाई, अगष्ट ३० मा ठेक्का सम्झौता

Advertisement

काठमाडौं । नेपालकै पहिलो नागढुंगा–नौबिसे सुरुङ मार्ग बनाउने जिम्मा जापानी कम्पनी हाज्माले पाएको छ । जापान जापान सहयोग नियोग(जाइका)को सहुलियत ऋण सहयोगमा निर्माण हुने सुरुङ मार्गको ठेक्का पनि जापानी कम्पनीले नै पाएको हो ।

चीन र जापानबीच जुँगा लडाईँ सुरु भएपछि ठेक्का आव्हान गरेको एक ठिक एक वर्षपछि निर्माण कम्पनी छानिएको हो । जापानी कम्पनीसँग अगष्ट ३० तारिखका दिन ठेक्का सम्झौता हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सहसचिवले जानकारी दिए ।

‘कुन कम्पनीलाई दिने हो भन्ने टुंगो लागिसकेको छ, ठेक्का सम्झौता नहुँदासम्म सार्वजनिक नगर्ने सहमति नेपाल र जापानबीच भएको रहेछ, त्यसैले कम्पनीको नाम भने उल्लेख नगरौं’, ति सहसचिवले भने ।

नागढुंगा–नौबिसे सुरुङ मार्ग बनाउन ५ चिनियाँ र एक जापानी कम्पनीले आवेदन दिएका थिए । जाइकाको सहयोगमा निर्माण हुने भएकाले जापान सरकारले आफ्नै देशको कम्पनीलाई जिम्मा दिन दबाव दिँदै आएको थियो ।

यस्तो हुनेछ सुरुङ मार्ग
नेपालमै पहिलो पटक सडकमा निर्माण हुन लागेको सो सुरुङ मार्गको लम्बाई २.६८८ किलोमिटर रहेको छ । दुई लेनको सुरुङमार्गमा ३.५र३.५ मिटरका दुई वटा लेन र १.५ मिटर चौडाईको इमर्जेन्सी ट्रयाक रहनेछ । सुरुङको चौडाई भने ९.५ मिटरको हुनेछ र उचाई ५ मिटरको हुनेछ । सुरुङमा पुग्न काठमाडौं तर्फ मुल सडकबाट २.३७० किलोमिटर बाटो विस्तार गरिनेछ भने धादिङ तर्फ ५६५ मिटर सडक विस्तार गरिनेछ । काठमाडौं खण्डमा पर्ने २६७ रोपनीमा र धादिङ खण्डमा पर्ने १०९ रोपनी जमिन अधिग्रहण हुनेछ ।

सरकारले मुआब्जाको रकम आफ्नै श्रोतबाट उपलब्ध गराउनेछ भने सुरुङ निर्माणका लागि जाइकाको सहुलियत ऋण उपयोग गरिनेछ । काठमाडौं तर्फ सुरुङ मार्गको प्रस्थान विन्दु टुटीपाखा हुनेछ भने धादिङमा सिस्नेखोला हुनेछ । सुरुङ मार्गमा इन्धन बोक्ने गाडी तथा मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ ।

सुरुङ मार्गको उपयोग वापत २५ रुपैंयाँ शुल्क असुल्ने तयारी छ । मार्ग निर्माणका लागि जापानले ०.०१ प्रतिशतको ब्याजदरमा ४० बर्षका लागि सहुलियत ऋण दिएको छ । जापानले १६ अर्ब २८ करोड रुपैंयाँ ऋण सहयोग उपलब्ध गराएको हो । निर्माण सम्पन्न भएको १० बर्षपछिसम्म ऋणको सावाँ तथा ब्याज तिर्नुपर्ने छैन् । त्यसपछिको ३० बर्ष भित्र भने नेपालले सावाँ तथा ब्याज दुबै भुक्तानी गरिसक्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement