सेयर बजारको पहिरो अझै रोकिएन्, तर व्यापार समूहमा पाँचप्रतिशतभन्दा बढिको वृद्धि

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से चार दशमलव ८४ अंकले घटेर एक हजार २३३ कायम भएको छ भने सेयर कारोबार पनि घटेर ३१ करोड १७ लाख रुपियाँको किनबेच भएको छ ।

आज बाणिज्य बैंकसहित अधिकांश समूहका सुचकहरु पनि घटेका छन् । अधिकांश समूहका गिरावट हुँदा पनि व्यापार समूहका कम्पनीहरुले भने राम्रो आम्दानी गरेका छन् । यो समूहको सुचक पाँच दशमलव ३४ अंकले बढेको छ । त्यस्तै, म्युचुअल फण्ड, अन्य, वित्त र होटल समूहका सुचकहरुमा पनि समान्य वृद्धि भएको छ भने बाँकी समूहका सुचकहरु भने घटेका छन् ।

आज धेरै कारोबार गर्नेमा रसुवागढी हाइड्रोपावर सबैभन्दा अगाडि छ । यो कम्पनीको सेयर चार करोड ५९ लाख रुपियाँको खरिद बिक्री भएको छ । त्यसपछि धेरै खरिद बिक्री हुनेमा सान्जेन जलविद्युत अगाडि छ । उसको दुई करोड ७९ लाख रुपियाँको खरिद बिक्री छआज धेरै कारोबार गर्नेमा रसुवागढी हाइड्रोपावर सबैभन्दा अगाडि छ । यो कम्पनीको सेयर चार करोड ५९ लाख रुपियाँको खरिद बिक्री भएको छ । त्यसपछि धेरै खरिद बिक्री हुनेमा सान्जेन जलविद्युत अगाडि छ । उसको दुई करोड ७९ लाख रुपियाँको खरिद बिक्री छ ।

आज सबैभन्दा धेरै नाफा गर्नेमा साल्ट ट्रेडिङ लिमिटेडका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा एनसीसी बैंकका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement