इको भ्यानको सफलतापछि सिजी मोटोकर्पले कार्गो भर्सन पनि बजारमा ल्यायो

Advertisement

काठमाडौं । सिजि मोटोकर्प, नेपालमा सुजुकी मोटर्सको आधिकारिक वितरक सिजि होल्डिङ्सले इको भ्यानको सफलतापछि कार्गो भर्सन नेपाली बजारमा प्रस्तुत गरेको छ ।

इको कार्गोले एउटा व्यापारीका सम्पूर्ण आवश्यकता पूरा गर्ने भन्दै मोटोकर्पले यसमा भएको ठूलो क्याविन स्पेस, उच्चतम भारवहन क्षमता तथा अझ बढी स्थीरताको लागि प्ल्याट वेड जस्ता विशेषताहरु विद्यमान रहेको जनाएको छ ।

यस्ता विशेषताले गर्दा ट्रान्जिटको बेला हुने क्षतिलाई कम गर्न मद्दत पुग्नुका साथै साथै कारको जस्तै सिट भएकोले चालकलाई गाडी चलाउन अझै सहज हुनेछ । भारवहन क्षमतालाई १.२ को इन्जिनबाट सञ्चालित गरी परीक्षण गर्दा ६२० केजी सहजै ढुवानी गरेको थियो ।

यसमा विभिन्न सुरक्षित विशेषताहरु– बलियो लोड डिस्पे्रसिङ च्यासिस, ड्राइभर र प्यासेन्जसको लागि सिट बेल्ट रिमान्डर तथा रिभर्स पार्किङ सेन्सर जस्ता सुविधाहरु यसमा रहेका छन् । यसले २० किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्ने हुँदा वास्तवमै यो नाफा प्रदान गर्ने गाडीका रुपमा रहने मोटोकर्पले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत करण चौधरी भन्छन, “नेपालका विभिन्न खालका सडकहरुमा इको कार्गोले आफ्नो गतिशीलता प्रदर्शन मात्र गर्ने छैन कि यसको अद्वितीय फिचर, ठूलो कार्गो एवं सहज सञ्चालन जस्ता तथा चलाउन सहज जस्ता सुविधा पनि सहजै प्रदान गर्ने छ ।” इर्को कार्गोको नेपाली बजार मूल्य १२ लाख ९९ हजार तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement