गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा. युवराज लिम्बू

Advertisement

काठमाडौं । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूले पाएका छन् । यस अघिका निर्देशक डा जोतिन्द्र शर्माको चार बर्षे कार्यकाल शनिबार (हिजो) सकिए लगत्तै रिक्त पदमा डा लिम्बूलाई कामचलाउ जिम्मेवारी दिइएको हो ।

आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यावदले उपप्रधानमन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुँदासम्मको लागि कार्य अधिकार सहित डा लिम्बूलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघिका निर्देशक डा शर्माले आइतबार विहान फेसबुक स्टाटस लेख्दै उपप्रधानमन्त्री यादवले कार्यकाल दोहोर्याउन आग्रह गरेको तर आफूले दोहोर्याउन नचाहेको बताएका थिए ।

Advertisement

Advertisement

Advertisement