शिक्षण पेसा छोडेर गाईपालनमा रमाइरहेकी बाँकेकी महिला भन्छिन्, काम गर्न नेपाल छाडेर विदेश जानुपर्दैन

Advertisement

बाँके । पश्चिम नेपालको बाँके कोहलपुरकी शारदा शर्मालेपढेलेखे हाकिम बनिन्छ, पढ्न नसके गोठालो भन्ने नेपाली उखानलाई चुनौती दिइरहेकी छन्।

शिक्षा सङ्कायमा भारतको गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन गर पूरा गरेकी उनी यतिबेला बाँकेमा सफल गाईपालक कृषक मानिन्छिन्।

हालै प्रदेश नं ५ बाट एउटा राष्ट्रिय पुरस्कारका लागि अन्तिम सूचीमा छानिएका दुई कृषकमध्ये उनी पनि छिन्। पहिला शिक्षण गर्ने शर्माले विसं २०६८ सालदेखि गाई फार्म सञ्चालन गर्न थालेकी हुन्।

परिवारको प्रेरणा

पुर्खौली घर पर्वत भएकी शारदा शर्मा आफ्ना आमाबुवा काम गर्न भारत जाँदा आसाममा जन्मिएकी हुन्। उनका आमाबुवाले ४५ वर्ष बिताए र डेढ दशकअघि नेपाल फर्किए। शारदा भने गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन सकेर २०६६ सालमा नेपाल फर्किन्।

आसाममा हुँदादेखि गाईपालन गरेका उनका अभिभावकले बाँकेको कोहलपुरमा पनि एउटा गाई पालेका थिए। नेपाल फर्किएपछि शारदाले उन्नत जातको अर्को गाई किनिन् र २०६८ सालमा आफ्नै नामको एउटा गाई फार्म दर्ता गराइन्।

व्यवसायको विस्तार
गाईपालन र गोठ सुधारका लागि उनले जिल्ला पशु सेवा कार्यालयमा २०७० सालमा दुई लाख रुपैया अनुदान पनि पाइन् । आफ्नै गाईले जन्माएका बाच्छीहरूबाट नै उनले आफ्नो व्यवसायलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याएकी हुन्।

उनले ४६ वटा बाच्छा, बाच्छी र साँढे बेचेर आफूले २६ लाख ५० हजार रुपियाँ आम्दानी गरेको बताए । चौतीस वर्षीया शारदाको फार्ममा अहिले १९ वटा गाई छन् जसबाट प्रतिदिन ७० लिटर दूध बेचिरहेको उनी बताएकी छिन्।

दूध बेचेर मात्रै मासिक एक लाख ४० हजार रुपियाँ आम्दानी भइरहेको र त्यसमध्ये ६० हजार रुपियाँसम्म आफूले मासिक रूपमा बचत गरिरहको उनी बताकीछिन्।

उनी गाईलाई दानापानी खुवाउनेदेखि गोठ सफा गर्ने काम पनि आफैँ गर्छिन्। परिवारका अन्य सदस्यले पनि यो काममा सघाउँदै आएका छन्। पन्ध्र हजार रुपियाँ दिन्छु भन्दा पनि काम गर्ने मान्छे नपाएको भन्दै उनले परिवारकै सदस्यहरू मिलेर फार्मलाई चलाइरहेको जनाइन्।

परामर्श
गाईपालनमा सफलता हासिल गर्दै गएकाले दैनिक विभिन्न स्थानका कृषकहरू गाईपालनबारे सुझाव लिन उनलाई भेट्न आउने गरेका छन्।

त्यस्ता किसानलाई उनले एकैचोटि ठूलो महत्त्वाकाङ्क्षा नराख्न र सानो स्तरबाट व्यवसाय थाल्न सुझाव दिने गरेकी छन्।

उनी भन्छिन्, एकैचोटि ठूलो फार्म खोल्दा ती बन्द भएको अवस्था छ । सानो तर दिगो काम गर्नूस् भन्ने गरेकी छु।

हालैका वर्षहरूमा सरकारले व्यापक प्रचारप्रसार गरेर अघि बढाउँदै आएको अनुदान कार्यक्रमलाई पनि सुधार गर्नुपर्ने उनको सुझाव छ।

उनी भन्छिन्( वास्तविक किसान पहिचान नगरी सरकारले लगानी गर्दा त्यसले प्रतिफल दिइरहेको छैन।

मेहनत र इमान्दारीले सफलतातर्फ डोर्र्‍याउनेमा आफू विश्वस्त रहेको भन्दै उनले थपिन्, लगनशील भएर काम गर्ने हो भने कमाइका लागि नेपाल छाडेर विदेशमा भौँतारिनुपर्दैन। पनि विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ।

Advertisement

Advertisement

Advertisement