जापान–अमेरिकाबीचको व्यापार सम्झौता दुवै मुलुकको पक्षमा हुनुपर्छः प्रधानमन्त्री आवे

Advertisement

जापान । अमेरिकासँग हुने व्यापार सम्झौता दुबै मुलुकको फाइदाका लागि हुनुपर्ने जापानका प्रधानमन्त्री सिन्जो आवेले शुक्रबार बताएका छन् ।

प्रधानमन्त्री आवेले भने, ‘हामी अन्तिम सहमतिमा जाने वा नजाने भन्ने कुरा भविष्यमा हुने वार्ता र छलफलमा भरपर्नेछ । त्यसैले मैले सम्झौता कहिले हुन्छ अहिल्यै भन्न सम्भव हुँदैन । तर व्यापार सम्झौता दुबै मुलुकको हितमा हुनुपर्छ ।’ आवेले जापानको नागासाकीमा एक पत्रकार सम्मेलनमा भने, ‘हाम्रो अडानमा कुनै परिवर्तन आएको छैन । हामीले दुवैपक्षको जीत हुने नतिजा छिट्टै देख्न चाहन्छौँ ।’

यस महिनाको अन्त्यमा दुबै पक्षले व्यापार सम्झौताका मन्त्रीस्तरीय वार्ताको वातावरण बनाउन आगामी हप्ता एक कार्यदल बनाई वासिङ्टनमा छलफल गर्ने कार्यक्रम रहेको छ ।आगामी केही हप्ताभित्र हुने मन्त्रीस्तरीय वार्तामा जापानको तर्फबाट अर्थमन्त्री तोशी मिट्सु मोटेगी र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर सहभागी हुनेछन् ।

अमेरिकाले जापानसँगको व्यापार घाटाप्रति चासो व्यक्त गर्दै अब गरिने व्यापार सम्झौतामा विद्यमान व्यापार घाटालाई सन्तुलित गर्नेगरी द्विपक्षीय सहमति निर्माण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दवाब दिँदै आएको छ । दुबै पक्षबीच आगामी सेप्टेम्बरसम्ममा व्यापार सम्झौता गर्ने पहल भइरहेको अमेरिकी अधिकारीले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement