मेनपावरको काम गर्ने कन्सल्टेन्सीमा विभागको छापा,  दर्जनौं पासपोर्ट बरामद

Advertisement

काठमाडौं । वैदेशिक रोजगार विभागले एजुकेशन कन्सल्टेन्सीमा छापा मारेको छ । शैक्षिक परामर्श दिन भन्दै स्थापीत कन्सल्टेन्सीले मेनपावरको काम गर्न थालेपछि विभागको टोलीले सिनांगलको एलायन्स एजुकेशन कन्सल्टेन्सीमा छापा मारेको हो । यो कम्पनीले सामाजिक संजाल मार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागी विज्ञापन गरी अन्तरवार्ता लिई अवैध वैदेशिक रोजगार सम्वन्धी कार्य गरिरहेको उजुरी परेपछि विभागले छापा मारेको हो ।

यो कन्सल्टेन्सीबाट साइप्रस देशमा वैदेशिक रोजगारमा जानको लागि अवेदन दिएका व्यतिmहरुको आवेदन फायल तथा व्यतिmहरुको राहदानीको स्क्यान कपी, कामदार भिषा र युरोपका विभिन्न मुलुकमा कामदार भिषामा पठाएका व्यतिmहरुको विवरण समेत अनुगमन टोलीले फेला पारेको छ ।

टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सिपियु जफत गरी ल्याएको छ भने संचालक सुजित कुमार श्रेष्ठलाई आवश्यक वयानको लागि विभागमा उपस्थित हुनको लागी पत्र थमौती गरेको छ । पछिल्ला दिनहरुमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन व्यतिmहरसँग मोटो रकम लिई नियम विपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारको लागि पठाउने गरेको उजुरी विभागमा प्राप्त भैरहेको छ। यस सम्वन्धमा विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तिव्रता दिने नीति लिएको छ ।

Advertisement

Advertisement

Advertisement