सुपुर्दुगी विधेयकको विरोधमा हङकङमा विशाल प्रदर्शन, प्रदर्शन विमानस्थलभित्रसमेत

Advertisement

हङकङ । आन्दोलनकारीले सरकारविरुद्ध हङकङ विमानस्थलको मुख्य टर्मिनलमै आन्दोलन गरेपछि सबै उडान बन्द गरिएका छन् । प्रहरीले लाठी चार्ज गर्दा एक महिला घाइते भएपछि आन्दोलनले झन उग्ररुप लिएको छ ।

सरकारले ल्याएको सुपुर्दुगी विधेयकलाई लिएर डेढ महिनाअघि सुरू भएको प्रदर्शन अझै रोकिएको छैन। तर सरकारले भने उक्त विधेयक फिर्ता लिइसकेको छ । हङकङकी प्रमुख क्यारी ल्यामले विधेयक निष्क्रिय भइसकेको बताएी छन् ।

प्रदर्शनकारीले भने क्यामले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलन जारी राखेका छन् । चिनियाँ सरकारले भने हङकङमा पछिल्ला दिनमा आन्दोलन हिंसात्मक भएको बताउँदै ‘हिंसात्मक आन्दोलन’लाई आतंककारी गतिविधिको संज्ञा दिएको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement