कामना सेवाको आर्थिक सहयोग रुपन्देहीको स्कुल र नगरपलिकालाई

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला वुटवल ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ । बैंकले ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो । बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उक्त झोला हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, सिद्धार्थनगर नगरपालिकामा सिसि क्यामेरा जडानका लागि सिसि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले २५ हजार रुपियाँको चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरmलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई नौ हजार ६०७ रुपियाँ र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई ६७ हजार ८१९ रुपियाँ स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथ,ै बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सी–एएसबीएलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Advertisement

Advertisement

Advertisement