सेयर बजारमा ३.९३ अंकको गिरावट, कारोबार रकम ४७ करोड

Advertisement

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसुचक नेप्से तीन दशमलव ९३ अंकले घटेर एक हजार २२९ कायम भएको छ भने सेयर कारोबार पनि घटेर ४७ करोड २४ लाख रुपियाँको किनबेच भएको छ ।

आज बाणिज्य बैंकसहित अधिकांश समूहका सुचकहरु पनि घटेका छन् । त्यस्तै, म्युचुअल फण्डबाहेक अन्य सबै उपसुचक ओरालो लागेको छ । एक प्रतिशतभन्दा कम अंकले बाँकी सुचकहरु ओरालो लागेका छन् ।

आज धेरै कारोबार गर्नेमा मछापुच्छ्रे बैंक पहिलो स्थानमा रहेको छ जसको कारोबार १२ करोड ९६ लाख ४५ हजार १२७ रुपियाँ बराबरको रहेको छ । आज सेयर कारोबारको दोस्रो स्थानमा लक्ष्मी बैंक रहेको छ जसको कारोबार आठ करोड ६१ लाख बराबरको भएको छ ।

समग्र परिसूचकमा गिरावट आए पनि युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएमा छन् । यस कम्पनीको सेयर मूल्य साढे सात प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेको छ ।

Advertisement

Advertisement

Advertisement