नविलको नाफा सवा चार अर्ब नाघ्यो, लाभांश कति ?

Advertisement

काठमाडौं । नविल बैंकको नाफा सवा चार अर्ब नाघेको छ । बैंकले २०७६ असार मसान्तसम्ममा ४ अर्ब २९ करोड नाफा आर्जन गरेको हो । यो नाफा २०७५ असार मसान्त भन्दा ३१ करोडले बढी हो ।

नविलको वितरण योग्य नाफा भने ३ अर्ब १८ करोड रुपैंया रहेको छ । ९ अर्ब १ करोड चुक्ता पुँजी भएको बैंकले गत आर्थिक वर्षको आम्दानीबाटै ३५.२९ प्रतिशत लाभांश दिन सक्छ । नविलको जगेडा कोषमा ९ अर्ब ३३ करोड रुपैंयाँ रहेको छ ।

बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेरर १ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो पनि ७२.९० मात्रै छ । ४.४३ प्रतिशत स्प्रेडदर कायम गरेको बैंकले आधार ब्याजदर ८.०९ प्रतिशतमा रोकेको छ । बैंकको कस्ट अफ फण्ड भने ६.१३ प्रतिशत रहेको छ । नविलको प्रति सेयर आम्दानी ४७.६५ रुपैंयाँ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement