स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा साढे २ अर्ब, लगानीकर्तालाई १८० करोड लाभांश

Advertisement

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले २ अर्ब ४९ करोड नाफा कमाएको छ । २०७५ असार मसान्तमा २ अर्ब १८ करोड नाफा कमाएको बैंकले ३१ करोडले नाफा बढाएर २ अर्ब ४९ करोड पुर्याएको हो । बैंकले जम्मा १४.२२ प्रतिशतले नाफा वृद्धि गरेको देखिन्छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २२.४७ प्रतिशत लाभांश दिन सक्छ ।

८ अर्ब १ करोडल चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब १७ करोड रुपैंयाँ रहेको छ । बैंकले ७५ अर्ब निक्षेप संकलन गरेर ५३ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७३.१३ प्रतिशत पुगेको छ । स्ट्याण्डर्ड चाटर्डको आधार ब्याजदर ७.६३ प्रतिशत कायम गरेको छ भने स्प्रेड दर ४.४५ प्रतिशत छ । बैंकको कस्ट अफ ५.५० प्रतिशत छ ।  बैंकको प्रति सेयर आम्दानी ३१.१५ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १८७.०८ रहेको छ ।

Advertisement

Advertisement

Advertisement