मेगा बैंकको नाफा १ अर्ब ७१ करोड, लाभांश क्षमता १३५ करोड

Advertisement

काठमाडौं । मेगा बैंकले १ अर्ब ७१ करोड नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार आफ्नो नाफा ४० करोडले वृद्धि गरेको हो । बैंकले २०७५ असार मसान्तमा १ अर्ब ३१ करोड नाफा गरेको थियो । जुन २०७६ असारमा आईपुग्दा ३०.५३ प्रतिशतले वृद्धि भएको छ ।

मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाटै लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिन सक्छ । १० अर्ब ३८ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ८४ करोड रुपैंयाँ रहेको छ ।  बैंकले ७८ अर्ब निक्षेप संकलन गरेर ६९ अर्ब कर्जा लगानी गर्दा सीडी रेसियो ७५.७९ प्रतिशत पुर्याएको छ ।

आधार ब्याजदर ९.९८ प्रतिशत रहेको मेगाको स्प्रेड द। ४.७३ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड भने ७.६९ प्रतिशत रहेको छ ।
प्रति सेयर आम्दानी १६.५५ रुपैंयाँ रहेको बैंकको प्रति सेयर नेटवर्थ १३०.९३ रुपैंयाँ छ ।

Advertisement

Advertisement

Advertisement