सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३५ करोड

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३५ करोड पुगेको छ । बैंकले २०७६ असार मसान्तमा आफ्नो आफा ५ करोडले वृद्धि गरेर ३५ करोड पुर्याएको हो । बैंकले २०७५ असार मसान्तमा ३० करोड नाफा कमाएको थियो ।

बैंकले १९ अर्ब निक्षेप संकलन गरेर १९ अर्ब नै कर्जा लगानी गरेको छ । २ अर्ब ६० करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४५ करोड रुपैंयाँ रहेको छ ।

बैंकको सीडी रेसियो ७६.०५ प्रतिशत छ भने कस्ट अफ फण्ड ८.४८ प्रतिशत छ । आधार ब्याजदर ११.६६ प्रतिशत रहँदा स्प्रेड दर ४.९२ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १२.७३ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२६.२१ रुपैंयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement