सुनचाँदीको मूल्य घट्यो, प्रतितोला सात सयले सुनको भाउ ओरालो

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ७१ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज सात सय रुपियाँले बढेर प्रतितोला ७० हजार ३०० रुपियाँमा भएको हो ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार २७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार १५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८२० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७०३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement