कोटेश्वरमा ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

Advertisement

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

गएराति कोटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो । महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ः१० बजे ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएका थिए ।

उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याइए पनि बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।

 

Advertisement

Advertisement

Advertisement