एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना, ‘एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा’

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यो योजना अन्तर्गत एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउने व्यवस्था बैंकले गरेको छ । बैंकले ग्राहकलाई लाभ दिने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो ।

बैंकले चाडपर्वको अवसरलाई ध्यानमा राख्दै ग्राहकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरेको  छ ।

उक्त विप्रेषण रकम बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवम् ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जनाएको छ ।

यो सुविधाबाट चाडपर्वको समयमा ग्राहकहरुले रकम पठाउँदा उच्चतम् लाभ हुने विश्वास बैंकले लिएको छ । यो योजना २०७६ साल भदौ १ देखि असोज ३० गतेसम्म लागू हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement