अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनलाई ‘स्मार्ट’ बजाउँछौंः पर्यटनमन्त्री

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलाको भन्दा सुधार भईरहेको दावी गरेका छन् । उनले त्रिअ विमानस्थललाई थप सुधार गर्दै लगिने पनि बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शले बुधबार आयोजना गरेको ‘नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका संभावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’ नामक कार्यक्रममा भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा सबै सुविधा हुने बताए ।

उनले अध्यागमन छिट्टै अत्याधुनिक बनाउँदै स्मार्ट अध्यागमनमा अन्य अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सरह सबै सुविधा हुने जिकिर पनि गरे । उनले यही वर्षको डिसेम्बरसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम भईरहेको बताउँदै समयमै विमानस्थल निर्माण सम्पन्न गर्न सरकारको तर्फबाट कुनै पनि कमी हुन नदिएको बताए ।

मन्त्री भट्टराईले नेपालमा हवाई इन्धनको उच्च मूल्यका कारण टिकट महँगो भएको भन्ने चौतर्फी गुनासो आएको सुनाउँदै यसको समाधानका लागि छलफल सुरु गर्ने बताए । यूरोपियन यूनियन (इयु)ले नेपालका विमान कम्पनीलाई बन्देज लगाउनु पर्ने कुनै कारण नरहेको उनले बताए । भट्टराईले नेपालको उड्डयन क्षेत्रमा केही नभएको भन्दै प्रतिबन्ध हटाउन आग्रह गर
े ।

हालै आईकाओले गरेको सेफ्टी अडिटमा नेपालको हवाई औषतभन्दा राम्रो देखाएको भन्दै मन्त्री भट्टराईले ईयूले बन्देज हटाउनुपर्ने बताए । पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपालका निजी विमान कम्पनीलाई अन्तर्राष्ट्रियस्थलमा उडानका लागि अनुमति दिने क्रम जारी रहेको बताए ।

चेम्बर राजेशकाजी श्रेष्ठले युरोपियन युनियनले लगाएको बाधाले नेपालमा पर्यटन क्षेत्रलाई असर परेको बताए । उनले मूल्यमा कार्टेलिङ हुँदा हवाई टिकट भाडा महंगो भएर चिनियाँ पयर्टक उल्लेख्य संख्यामा आउन नसकेको बताए ।

श्रेष्ठले सन् २०२० पर्यटन भ्रमण वर्ष सफल बनाउन सबै पर्यटकलाई भिसा शुल्क कम गर्न र पर्यटन आगमनको संख्या बढाएर त्यसबाट राजस्व वृद्धि हुने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डलिङ, लैण्डिङ्ग शुल्कमा निकै सुधार आवश्यक रहेको भन्दै उनले पर्यटन मन्त्रीको ध्यानाकर्षण गराए ।

श्रेष्ठले लुम्बिनी र पोखरा बिमानस्थल निर्माण र समयमा सम्पन्न गर्ने भनाईप्रति निजी क्षेत्र गौरवान्वित रहेको बताए । उनले ट्राभल एजेन्सीका लागि गाडि र गाडिमा प्रयोग हुने इन्धन नै कच्चा पदार्थ भएकोले पर्यटन प्रर्बद्धन गर्न गाडी आयातको भन्सार दरमा छुट दिनुपर्ने बताए ।

उनले सरकारले उद्योगलाई एक तह मुनि भन्सार छुट दिए जस्तै इन्धनमा भ्याट छुट दिइनुपर्ने बताए । यसबाट लागत बढेकाले सम्बन्धित निकायमा पहल गरिदिन श्रेष्ठले आग्रह पनि गरे । ट्रेकिङ एजेन्सीले प्रयोग गर्ने सामान, ट्राभल एजेन्सीले प्रयोग गर्ने समान र होटलका सरसमानको बढी प्रयोगले राजस्व बढी उठ्ने हुँदा सहलियत दिनुपर्ने उनको तर्क छ ।

कार्यक्रममा चेम्बरको लेटरहेडमा पर्यटन भ्रमण वर्ष २०२० को लोगो राखेर सार्वजनिक पनि गरिएको थियो । सो अवसरमा सरकारी अधिकारी, चेम्बरका सदस्यहरु सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement