कामना सेवा विकास बैंकको निक्षेपमा ४५.८७ प्रतिशत, कर्जामा ५२.८६ प्रतिशतको छलाङ

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई २२.९७ अर्ब रुपियाँ निक्षेप संकलन गर्न बैंक सफल भएको छ । साथै, कर्जा तर्फ सोही अवधिमा १३.२० अर्ब रहेकोमा ५२.८६ प्रतिशतले वृद्धि गरी २०.१८ अर्ब रुपियाँ लगानी गरेको छ । २.५४ अर्ब रुपियाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ५०.३८ करोड रुपियाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १७.६९ प्रतिशतले वृद्धि भई ८८.७७ करोड रुपियाँ पुगेको छ भने गत आ.व. मा बैंकको निष्कृय कर्जा १.१३ प्रतिशत रहेकोमा हाल ०.९० प्रतिशत कायम गर्न सफल भएको छ ।

आव २०७५/०७६ को असार मसान्तमा बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत रहेको छ । त्यस्तै प्रति शेयर आम्दानी १३.७० रुपियाँ, मूल्य आम्दानी अनुपात ११.६८ गुणा, प्रति शेयर नेटवर्थ १३१.०९ रुपियाँ र तरलता अनुपात २२.७४ प्रतिशत रहेको छ । बैंकले समीक्षा अवधिमा आधार दरलाई ११.५९ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकले आ.व. २०७५/०७६ मा सेवा विस्तारका क्रममा थप ३६ वटा नयाँ शाखा सञ्चालनमा ल्याउन सफल भएको छ । सेवा विस्तारकै क्रममा बैंकले थप २८ वटा एटिएम सञ्चालनमा ल्याउनुका साथै स्मार्ट टेलर, मोबाईल बैकिङ्ग, कामना सेवा रेमिट, भिजा कार्डजस्ता नविनतम् प्रडक्टहरु ग्राहकसामु प्रस्तुत गरेको छ ।

शाखा विस्तारसँगै बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्चमा वृद्धिका बावजुद बैंकले आर्थिक वर्ष २०७५/०७६ मा खुद मुनाफा ३२.५४ करोड रुपियाँ आर्जन गरेको छ ।

Advertisement

Advertisement

Advertisement