सुनचाँदीको मूल्य फेरी ह्वात्तै बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार प्रतितोला ७० हजार ३०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज १२०० रुपियाँले बढेर प्रतितोला ७१ हजार ५०० रुपियाँ कायम भएको हो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ७१ हजार २०० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३००० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८४० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२० रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement