भारतीय राजदूतावासमा भारतको ७३औँ स्वतन्त्रता दिवस यसरी मनाइयो (फोटो फिचरसहित)

Advertisement

काठमाडौं । भारतीय राजदूतावासमा भारतको ७३औँ स्वतन्त्रता दिवस मनाइएको छ । कार्यक्रमको अवसरमा साउन ३० गते नेपालका लागी भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गररे सो दिवसको शुभारम्भ गरेका हुन् ।

त्यसपश्चात राजदूत पुरीले भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाऐ । सो सन्देशमा भारतले गएको ७२ वर्षमा विविध क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरु बारे उल्लेख गरिएको थियो । राजदूतले ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई पाँच करोड ३१ लाख रुपियाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरे ।



राजदूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार स्वरुप प्रदान गर्यो । राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गरायो । यसले भारत सरकारको नेपालको सामाजिक–साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको छ ।

Manjiv-3

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ जसले हजारौँ नेपाली जनताहरुलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीहरुका शैक्षिक आवश्यकताको पूर्ति गरेको छ ।

Manjiv-5

भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारीहरु तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका अनन्य मित्रहरुको सहभागिता थियो । उक्त समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तीपूर्ण गीतहरु प्रस्तुत गरे । नेपाल आर्मी ब्याण्डको सुमधुर प्रस्तुतीसँगै सो समारोहको समापन भयो ।

manjiv-6

manjiv-7

manjiv-8

manjiv-9

manjiv-10

manjiv-11

manjiv12

manjiv-13

Advertisement

Advertisement

Advertisement