मुख्यमन्त्री राईले भनेः विकास निर्माणको विशाल राजमार्ग खुलिसक्यो

Advertisement

उदयपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले विकास निर्माणको विशाल राजमार्ग खुलीसकेकाले अब त्यसमा दौडिन मात्र बाँकी रहेकाले जनतालाई निराश नहुन आग्रह गरेका छन् ।

नेपाल आदिबासी जनजाती पत्रकार महासंघ प्रदेश नम्बर १ को प्रथम अधिवेशन बिहीबार उदयपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले वलिदानीपुर्ण संर्घष भईसकेकाले पनि अब कोही पनि अधिकारबाट वाहिरिनु नपने धारणा व्यक्त गरे । उनले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चाडैँ मुलधारका राजनीतिमा आउने दावि समेत गरेका छन् ।

‘बलिदानिपुर्ण संर्घषबाट नेपाली जनताले ठुला ठुला उपलब्धहरु पाईसकेकाछन्, उनले भने, ‘प्राप्त उपलब्धिलाई टिकाई राख्ने समयमा विप्लव समुहले पुनः बलिदानी गर्छु भन्नु उपयुक्त हुँदैन् । पछिल्लो समय विप्लव समुहले गरेका गतिबिधी देश र जनताको हितमा नभएको तर्क गर्दै उनले भने, ‘जनतालाई प्रतिकुुल हुने कुनै गतिबिधि प्रदेश सरकारलाई स्वीकार्य छैन, त्यसैले संबिधानलाई आत्मसाथ गरी मुलधारको राजनीतिमा फर्कन आव्हन गर्दछु ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको कामकारवाहीमा केहि ढिलाई भएको जनताको गुनासो आएको स्वीकारगर्दै संघीयता कार्यान्वनकोचरणमा रहेकाले प्रदेश सरकार भौतिक पुर्वाधार र कानुन निर्माणमा केन्द्रित रहेको स्पष्ट पारे । ‘पुर्वाधार कानुनहरु तयार गरेर चुनाव लडुनु पर्दथ्यो, उनले भने, ‘तयारी विना चुनाव भएकाले जनप्रतिनिधिको ध्यान विकासभन्दा पनि भवनको खोजी र कानुन निर्माणमा गयो । उनले भने, ‘हामी खाली जग्गामा पिरा र गुन्द्रीमा बसेर काम गर्नु पर्ने अबश्था आयो जसलेगर्दा जनताका विकास निर्माणका चाहानामा केहि ढिलाई भयो । अभ्यास विनाको संघिय व्यवस्था कार्यान्वय गर्नु पर्ने दायित्व भएकाले पनि केहि काममा असहजता भएको उनले स्वीकारे ।

Advertisement

Advertisement

Advertisement