रबि लामिछाने पक्राउ

Advertisement

काठमाडौं । प्रहरीले सञ्चारकर्मी रबि लामिछानेलाई पक्राउ गरेको छ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविन गर्न भन्दै प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

प्रहरीले लामिछानेसहित युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको हो । बिहिबार दिउँसो घट्नामा संलग्न भनेर आरोपित अस्मिता कार्कीलाई पक्राउ गरेको प्रहरीले साँझ लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।

केहि दिन अघि चितवनको होटल कंगारुमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले आत्म हत्या गर्नु अघि रेकर्ड गरेको भिडियोमा लामिछाने र कँडेलले आफुलाई फसाउन खोजेको बताएका थिए ।

Advertisement

Advertisement

Advertisement