सडक यातायातबाट आउने चिनियाँ पर्यटनको आवतजावत सहज बनाउँछुः पर्यटनमन्त्री

Advertisement

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सडक यातायातबाट आउने चिनियाँ पर्यटकहरुको आवातजावतलाई सहज बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

चिनियाँ राजदूत हाउ याङ्कीसँगको भेटमा भट्टराईले सडक यातायातबाट आउने पर्यटकहरुले समस्या झेल्नुपरेको स्वीकार गर्दै उनीहरुलाईको सहज आवागमनका लागि पहल गरिने बताएका हुन् । नेपालको साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा अपेक्षित प्रगति हासिल भएको भन्दै उनले राष्ट्रिय गौरवका विकास आयोजनाहरुलगायत पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनलाई उच्च प्राथमिकता दिइएको बताए ।

भट्टराईले चीनको आकाशमा नेपालको वायुसेवाहरु निर्वाधरुपमा उडाउनका लागि आवश्यक सहयोग गर्न पनि राजदूत याङ्कीसँग आग्रह गरे । नेपाल सदैव एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै उनले यो सधैं कायम रहने बताए ।

आजै मन्त्री भट्टराईले यूनाइटेड अरब इमिरेट्स (यूएई)का राजदूतन सइद हम्दाद अल–नाक्वीसँग पनि भेट गरे । भेटमा उनले नेपालको विमानस्थल निर्माण एवं सञ्चालनमा यूएईले देखाएको चासो चासो सकारात्मक रहेको बताए ।

भट्टराईले नेपाल भ्रमण बर्ष २०२० अभियानलाई सफल बनाउन दुवै राजदूतहरुसँग सहयोगको आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement