रवि लामिछानेसहित तीन जनालाई रातारात चितवन पुर्याइयो

Advertisement

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा विषय पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालई चितवन ल्याइएको छ।

बिहीबार काठमाडौंमा पक्राउ परेको तीनैजनालाई कडा सुरक्षाकासाथ चितवन ल्याइएको हो । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याउदा राति साढे एक बजेको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थय परीक्षण गरिएको थियो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राािखएको छ । उनीहरुलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement