नेशनल लाइफको खुद बीमा शुल्क करिब ८ अर्ब, २० प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७ अर्ब ८० करोड रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सले खुद बीमा शुल्क एक अर्ब ६६ करोड ७० लाख रुपियाँले बढाएको हो ।

अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब १३ करोड ३२ लाख रुपियाँ खुद बीमा शूल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले पुर्नबीमा कमिशनबाट ३ करोड ८२ लाख रुपियाँ लगानी कर्जा तथा अन्य आयबाट २ अर्ब ९ करोड ८५ लाख रुपियाँ आम्दानी गरेको छ। त्यस्तै बीमालेख धितोमा ३ अर्ब ६२ करोड ४४ लाख रुपियाँ कर्जा लगानी गरेर ३० करोड ६० लाख रुपियाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सको खुद नाफा पनि अघिल्लो आवको तुलनामा १२.७२ प्रतिशत अर्थात ३ करोड ७९ लाख रुपियाँले बढेर ३३ करोड ६३ लाख रुपियाँ पुगेको छ। यो बीमाङ्कीय मूल्याङ्कन अघिको नाफा हो।  गत वर्षको चौथो त्रैमास सम्ममा कम्पनीले २९ करोड ८३ लाख रुपियाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ३ अर्ब ७४ लाख रुपियाँ रहेको कम्पनीले जगेडाकोषमा ९१ करोड ८६ लाख रुपियाँ, जीवन बीमा कोषमा २७ अर्ब १९ करोड ८ लाख रुपियाँ र महाविपत्ती कोषमा २१ करोड ६९ लाख रुपियाँ सञ्चित छ।

हाल सम्म कम्पनीले ७ लाख २१ हजार ८ वटा बीमालेखबाट ८ अर्ब २ करोड ५३ लाख रुपियाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले कुल १४ हजार ७५४ वटा दाबीका लागि २ अर्ब ६५ करोड २८ लाख रुपियाँ कुल भुक्तानी गरेको छ भने २६ करोड ५४ लाख रुपियाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ११ रुपियाँ १८ पैसा प्रतिशेयर नेटवर्थ १३० रुपियाँ ५५ पैसा र मुल्य आम्दानी अनुपात ५२.३१ गुणा बढी छ ।

Advertisement

Advertisement

Advertisement