श्रम मन्त्री बिष्टलाई नेकपाको श्रम तथा रोजगार बिभागको जिम्मेवारी

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेकपाको श्रम विभागकै जिम्मेवारी पाएका छन् । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको ३ वटै विभागहरुको जिम्मेवारी बाडफाँटको टुंगो लगाएको थियो ।

नेकपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई श्रम तथा रोजगार विभागकै प्रमुख बनाएको हो । उप प्रमुखको जिम्मेवारी भने रामेश्वर राय यादवले पाएका छन् ।

श्रम मन्त्रालयको नेतृत्व गर्दै यथेष्ठ सुधारका प्रयास गरिरहेका मन्त्री बिष्टलाई पार्टीले समेत सो सम्बन्धी विभागकै प्रमुख बनाएको हो ।

Advertisement

Advertisement

Advertisement