जनताले तिर्ने भ्याटमा व्यापारी किन तर्सिएका ? अर्थमन्त्रीको प्रश्न

Advertisement

काभ्रे । जनताले तिर्ने गरेको मूल्य अभिबृद्धि करको बिषयमा जनताले बोल्नु पर्नेमा व्यापारीहरुले विरोध गरेकोमा अचम्म लागेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।

काभ्रेको धुलिखेलमा केही बर्षअघि सुरु भएको आन्तरिक राजस्व कार्यालयको शुक्रवारमात्रै औपचारिक रुपमा उद्घाटन गर्दै मन्त्री खतिवडाले उपभोक्ता र सरकारको बिचमा बिल काट्ने व्यापारीहरुले फिर्ता लिने रकम अब फिर्ता नहुने बताए ।

जनताले सामान किनेको र सरकारले भ्याट लगाएकोमा बिल काट्ने व्यापारी तर्र्सिएकोमा अचम्म लागेको छ, अर्थमन्त्री खतिवडाले भने । उनले जनतासँग लिएको भ्याटको रकम व्यापारीहरुलाईनै फिर्ता गर्ने कुरा सदाको लागि बन्द गरिएको बताए । अब जनतासँग बिल काटेको भरमा व्यापारीलाई रकम फिर्ता गर्ने परिपाटी सदाको लागि अन्त्य गरिएको छ । संविधानले चार तहको कल्पना नगरेकाले जिल्ला समन्वय समितिहरुले आन्तरिक आय बढाउने कुरामा चासो नदिन मन्त्री खतिवडाले सबैलाई अनुरोध गरे ।

संविधानले ७ सय ५३ ओटा स्थानीय सरकार ७ ओटा प्रदेश सरकार र एउटा संघीय सरकारको मात्रै कल्पना गरेको मन्त्री खतिवडाले बताए । उनले जिल्ला समन्वय समितिलाई सरकारको रुपमा कल्पना नगरेको खतिवडाले दावी गरे ।

करोडौको व्यवसायलाई कर नतिर्ने बहानामा टुक्राउँदै २० लाखभन्दा कम देखाउने परिपाटीको अन्त्य गरिने खतिवडाले बताए । उनले भने, व्यवसायलाई एउटै बनाउनुस्, कर नतिर्ने बहानामा व्यवसायलाई नटुक्राउनुस् यसले तपाइहरुलाई राम्रो गर्दैन खतिवडाले भने ।

उनले तीन तहका सरकारले उठाएको राजस्वमा एकारुपता ल्याउने र अहिले कर बढेको भनेर हल्ला गरिएको जस्तो केही पनि नभएको बताए । अधिकारको आधारमा कर स्थानीय प्रदेश र संघले उठाउनेछ, पहिला केन्द्रमा मात्रै उठ्ने कर स्थानीय तहमा आएर समेत उठाउन थालिएकाले धेरै कर उठाइयो भनेर हल्ला मात्रै गरिएको हो मन्त्री खतिवडाले सुनाए । उनले वित्तिय संघीयता लागू गरेको एक बर्षमात्रै भएको बताए ।

उनले नागरिकलाई कर बढ्यो भन्दा पनि हामीले तिरेको करले कती सडक बन्यो कति पुल बन्यो भनेर सोध्न अनुरोध गरेका छन् । ‘हाम्रो करको कस्तो उपभोग भयो भनेर सरकारलाई सोध्नुस् खतिवडाले भने । करको प्रयोग कसरी भएको छ र त्यसले कस्तो प्रतिफल दिएको छ भनेर सोध्नुस् हामीले त्यसको जवाफ दिनुपर्छ मन्त्री खतिवडाले भने ।

उनले स्थायी लेखा नंम्बर नागरिकता उस्तै भएको बताएका छन् । आम्दानी हुनेले तिर्ने हैन भने किन तिर्ने स्थायी लेखा नंम्बरको भ्रम हटाउँदै उनले भने ।

Advertisement

Advertisement

Advertisement