सिभिल बैंकको १२ लाख कित्ता संस्थापक सेयर आजबाट बिक्रिमा

Advertisement

काठमाडौं । सिभिल बैंकको १२ लाख ८२ हजार ८ सय ८१ कित्ता संस्थापक सेयर बिक्रि खुल्ला भएको छ ।  बैंकले सार्वजनिक सूचना निकालेर संस्थापक सेयर बिक्रि खुल्ला गरेको हो । प्रति कित्ता न्युनतम एक सय रुपैंयाँ तोकिएको सेयर बोल कबोलमा बिक्रि गर्न लागिएको हो ।

भदौ २ गते अर्थात आजबाट बिक्रि सुरु भएको सेयर भलौ १६ गतेसम्म खरिद गर्न सकिन्छ । न्युनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । आफुले खरिद गर्न चाहेको सेयर संख्या र प्रति कित्ता खरिद गर्ने मूल्य कायम गरि सिलबन्दी खाम मार्फत सिभिल क्यापिटलमा आवेदन दिन सकिन्छ ।

Advertisement

Advertisement

Advertisement