अस्करले माग्यो नेपाली फिल्म, भदौ १३ गतेसम्म दर्ता गरिसक्नुपर्ने

Advertisement

काठमाडौँ । अस्कर अवार्ड समारोह सन् २०२० मा सहभागी हुनका लागि नेपाली फिल्मलाई अस्करले आह्वान गरिएको छ । आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले भदौ १३ गते शुक्रबारसम्म दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड समितिले जनाएको छ ।

अस्कर अवार्ड समारोह सन् २०२० फेब्रुअरी ९ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालको फिल्मले अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धा गर्न पाउनेछ ।

द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेजको नेपालस्थित अन्तराष्ट्रिय फिचर चलचित्र छनौट समितिले विज्ञप्ती जारी गर्दै आवेदन आह्वान गरेको हो । प्रतिस्पर्धामा भाग लिने चाहेको फिल्म २०७५ असोज १५ गतेभन्दा पछि तथा २०७६ साल भदौ १३ गते अगाडि नै प्रदर्शन भएको हुनुपर्ने उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement