एसियन लाइफको नाफा पौने ६ करोड

Advertisement

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा पौने छ करोड पुगेको छ । कम्पनीले २०७६ असार मसान्त अवधीमा ५ करोड ८२ लाख नाफा आर्जन गरेको हो । कम्पनीले २०७५ असार मसान्त अवधीमा जम्मा ४ करोड ६० लाख रुपैंयाँ नाफा आर्जन गरेको थियो ।

एसियनले एक वर्षको अवधीमा आफ्नो नाफा २६ प्रतिशतले वृद्धि गर्न सफल भएको हो । कम्पनीले यो अवधीमा ४ अर्ब २१ करोड ९५ लाख बीमा शुल्क आर्जन गरेको छ ।

एसियन लाइफले २ लाख ७२ हजार ९ सय ३ वटा बीमा लेख जारी गरेको छ । २ अर्ब १ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३२ करोड १५ लाख रुपैंया रहेको छ ।

Advertisement

Advertisement

Advertisement