नेशनल लाइफको नाफा ३३ करोड ६३ लाख, ८ अर्ब पुग्यो बीमा शुल्क

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३ करोड ६३ लाख नाफा कमाएको छ । कम्पनीले २०७६ साउन मसान्त अवधीमा आफ्नो नाफा १२ प्रतिशतले वृद्धि गरेर ३३ करोड ६३ लाख पुर्याएको हो । २०७५ असार मसान्तमा कम्पनीको नाफा २९ करोड ९८ लाख रुपैंयाँ मात्रै थियो ।

यो अवधीमा नेशनल लाइफले बीमा शुल्क पनि ८ अर्ब २ करोड पुर्याएको छ । २०७५ असार मसान्तमा कम्पनीको बीमा शुल्क जम्मा ६ अर्ब ४० करोड रुपैंया मात्रै थियो ।  ३ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९१ करोड रुपैंया रहेको छ ।

कम्पनीको बीमालेख संख्या ७ लाख २१ हजार पुगेको छ । प्रति सेयर आम्दानी ११ रुपैंयाँ १८ पैसा रहेको कम्पनीको प्रति सेयर नेटवर्थ भने १३० रुपैंया ५५ पैसा छ ।

Advertisement

Advertisement

Advertisement