उठ्दै एभरेष्ट इन्स्योरेन्सः ६ करोड नाफा

Advertisement

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६ करोड ८० लाख रुपैंया नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६ असार मसान्त अवधीमा ५ करोड ४९ करोड नाफा आर्जन गरेको थियो । एभरेष्टले एक वर्षको अवधीमा ८१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । जुन २०७५ असार मसान्तमा जम्मा ६० करोड रुपैंयाँ मात्रै थियो ।

एभरेष्टले ८७ हजा ८ सय ८६ वटा बीमालेख जारी गरेको छ । कम्पनीले ३ हजार २ सय ९० वटा दावी वापत ९१ करोड १३ लाख भुक्तानी दिएको छ । १ अर्ब ४ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १४ करोड रुपैंयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी ५.८३ रुपैंया छ भने प्रति सेयर नेटवर्थ १३५.३३ रुपैंया रहेको छ ।

Advertisement

Advertisement

Advertisement