युनिलिभरको नाफा १ अर्ब ६ करोड

Advertisement

काठमाडौं । युनिलिभर नेपालले २०७५/०७६ असार मसान्तसम्ममा एक अर्ब ६ करोड रुपियाँ नाफा कमाएको छ । युनिलिभरले आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्ममा ९९ करोड ९२ लाख रुपियाँ आर्जन गरेको थियो । यो कम्पनीको अघिल्लो आर्थिक वर्षको तुलनामा ६.७४ प्रतिशतको वृद्धि हो।

दोस्रो बजारमा समेत रहेको युनिलिभरको प्रतिसेयर आम्दानी ११५८ रुपियाँ छ। कम्पनीले आफ्नो उत्पादन बिक्री गरेर ५ अर्ब ७५ करोड रुपियाँ आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी जम्मा चार अर्ब ८६ करोड रुपियाँ थियो।

कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपियाँ छ। त्यस्तै, कम्पनीको जगेडा कोषमा एक अर्ब ८१ करोड रुपियाँ जम्मा भएको छ। अघिल्लो वर्ष कम्पनीको जगेडा कोषमा दुई अर्ब २३ करोड रुपियाँ थियो।

सर्वाधिक महँगो सेयर भएको कम्पनीको दोस्रो बजारमा गत वर्ष प्रतिकित्ता सबैभन्दा धेरै २१ हजार ११७ रुपियाँमा कारोबार भयो भने सबैभन्दा सस्तो १८ हजार ५१७ रुपियाँमा कारोबार भएको छ।

Advertisement

Advertisement

Advertisement