सेयर बजारको सुधार टिकेन, आठ दशमलव ४३ अंकको गिरावट

Advertisement

काठमाडौं । सोमबार सामान्य सुधार देखिएको सेयर बजार मंगलबार टिक्न सकेन । आज सेयर बजार परिसुचक नेप्से आठ दशमलव ४३ अंकले घटेर एक हजार २१३ कायम भएको छ भने २७ करोड ३५ लाख रुपियाँको सेयर कारोबार भएको छ ।

आज बाणिज्य टे्रडि र म्युचल फण्डबाहेक सबै समूहका सुचकहरुमा गिरावट आएको छ । ट्रेडिङ ५.५९ अंकले बढेको छ भने र म्युचल फण्ड ०.५ अंकले मात्र सुधार आएको छ । अन्य समूहका सुचकहरुमा एक प्रतिशतभन्दा कम अंकको गिरावट देखिएकोे छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा प्रथम सोल्टी होटल रहेको छ, जसको कारोबार चार करोड ३५ लाख ८४ हजार ८९५ रुपियाँको कारोबार भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा रसुवागढी हाइड्रोपावर रहेको छ । जसको कारोबार एक करोड बढीको भएको छ ।

आज धेरै नाफा गर्नेमा बिशाल बजार कम्पनीका लगानीकर्ता अगाडि छन् । बिशाल बजारको नाफामा ५.६२ प्रतिशतको सुधार देखिन्छ । त्यस्तै, दोस्रो नाफा कमाउनेमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । ग्रिन डेभलपमेन्टको नाफामा तीन दशमलब ७७ प्रतिशतको वृद्धि देखिन्छ ।

त्यसैगरी, आज धेरै घाटा व्यहोर्नेमा पाँचथर पावर रहेको छ, जसमा नौ दशमलब ५६ प्रतिशतको गिरावट आएको छ । त्यसैगरी, दोस्रो धरै घाटा व्यहोर्नेमा दिव्यश्वर हाइड्रोपावर रहेको छ, जसले ५ प्रतिशतको घाटा व्यहारेको छ ।

Advertisement

Advertisement

Advertisement