प्रभु इन्स्योरेन्सको नाफा २६ करोड, कति उठ्यो प्रिमियम ?

Advertisement

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको नाफा २६ करोड पुगेको छ । कम्पनीले २०७६ असार मसान्त अवधीमा २६ करोड ६२ लाख नाफा आर्जन गरेको हो । कम्पनीले २०७५ असार मसान्तमा जम्मा २४ करोड २२ लाख रुपैंया नाफा आर्जन गरेको थियो । एक वर्षको अवधीमा प्रभुले आफ्नो नाफा १० प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

कम्पनीले ७४ हजार ३ सय ९३ वटा बीमालेख जारी गरेर १ अर्ब १ करोड बीमा शुल्क आर्जन गरेको छ । २ हजार ३५ वटा दावी वापत कम्पनीले ३२ करोड २१ लाख भुक्तानी गरेको छ । एक अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २८ करोड रुपैंयाँ रहेको छ । प्रभुको प्रति सेयर आम्दानी २६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १८६ रुपैंया रहेको छ ।

Advertisement

Advertisement

Advertisement