एक वर्षपछि विदेशी च्यानलमा विज्ञापन नआउने, सरकारी विज्ञापन बोर्ड मार्फत मात्रै

Advertisement

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेको छ । समितिले विधेयकमाथी दफावार छलफल सम्पन्न गर्दै सर्व सम्मतिले पास गरेर संसदमा पठाउने निर्णय गरेको हो ।

संसदबाट विधेयक पास भएको मितिले एक वर्षपछिदेखि नेपालमा क्लिन फिड लागु हुनेछ । एक वर्षभित्र सबै केबल टेलिभिजन अपरेटरहरुले नेपालमा उपलब्ध गराउने विदेशी च्यानलहरुलाई विज्ञापन रहित(क्लिन फिड) बनाउनुपर्नेछ ।  त्यस्तै, विधेयक पास भएपछि बिजुलीका तार पोलहरुमा होर्डिङ बोर्ड राख्न पाइनेछैन् ।

विज्ञापन जगतमा क्रान्ति भयोः सञ्चार मन्त्री
समितिले विज्ञापन विधेयक पास गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपालको विज्ञापन जगतमा क्रान्ति भएको बताए । उनले विज्ञापन नियमन मार्फत त्यसको बजार विस्तार र क्लिन फिड मार्फत आन्तरिक अर्थतन्त्र र राष्ट्रियताको रक्षामा सघाउ पुग्ने बताए ।

समिति सभापतिको धन्यवाद
समिति सभापति कल्याणी खड्काले विज्ञापन विधेयक पास गरेर पठाएपछि नेपालको विज्ञापन क्षेत्र आधुनिक र मर्यादित हुने बताईन् ।

Advertisement

Advertisement

Advertisement