सेयर बजार स्थिर, व्यापार र अन्य समूहका सुचक सुधार

Advertisement

काठमाडौं । सेयर बजार बुधबार स्थिर रह्यो । सेयर बजार परिसुचक नेप्से शुन्य दशमलव ४२ अंकले मात्रै बढेको छ भने कारोबार घटेर २९ करोड २६ लाख रुपियाँको कारोबार भयो ।

अधिकांश समूहका सुचकहरु घट्दा व्यापार समूहको सुचक भने दुई दशमलव ५६ प्रतिशतले बढेको छ । अन्य समूहको सुचक एक प्रतिशतभन्दा बढिले बढेको छ । आज धेरै कारोबार गर्नेमा सोल्टी होटल अगाडि रहेको छ । उसको चार करोड २० लाख रुपियाँको कारोबार भयो ।

आज धेरै नाफा गर्नेमा विशाल बजार कम्पनीका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा गणपति माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement