पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’

Advertisement

काठमाडौं । पशुपति पेन्ट्सले आफ्ना उपभोक्तामाझ कम्पनीको लोकप्रिय योजना ‘महापर्वको रङ्गोत्सव’ फेरि ल्याएको छ । सदाझैँ यस वर्ष पनि कम्पनीले चाडपर्वको समयलाई लक्षित गरी यस योजना ल्याएको हो ।

यस वर्षको योजना अन्तर्गत उपभोक्ताहरुले ५० हजार रुपियाँ बराबरको पेन्ट्स खरिद गरी लक्की ड्र कुपन मार्फत सुन र चाँदीको उपहार जित्न सक्नेछन् । योजनाको अन्तमा लक्की ड्र मार्फत ४ जनाले तेश्रो पुरस्कारको रुपमा जित्नेछन् २०० ग्राम चाँदी, ४ जनाले दोश्रो पुरस्कारको रुपमा जित्नेछन् ५ ग्राम सुन र ४ जनाले पहिलो पुरस्कारको रुपमा जित्नेछन् १० ग्राम सुन । एकजना भाग्यशाली विजेताले भने बम्पर उपहारमा जित्नेछन् २० ग्राम सुन । त्यसैगरी, एक लाख बराबरको पेन्ट्स खरिद गर्दा उपभोक्ताले एउटा आकर्षक भित्ते घडी पाउनेछन् तुरुन्तै ।

पशुपति पेन्ट्सले चाडपर्वलाई लक्षित गरी उपभोक्तामाझ यो योजना ल्याएको यो तेश्रो पटक हो । नेपालको सबैभन्दा पहिलो पेन्ट्सको रुपमा स्थापित पशुपति पेन्ट्सले हालै आफ्नो ३६औँ वार्षिकोत्सव पूरा गरेको छ ।

Advertisement

Advertisement

Advertisement