सेञ्चुरी बैंकको नयाँ बचत खाता योजना, ७ लाखको आकस्मिक दुर्घटना बीमा

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर एक हजार रुपियाँमा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ ।

उक्त खातामा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी दिने बैंकले जनाएको छ । ग्राहकहरुले ७ लाख रुपियाँ बराबरको आकस्मिक दुर्घटना बीमा र १ लाख रुपियाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशतसम्म छुटको सुविधा पाउने छन् ।

साथै निस्शुल्क एसएमएस्, मोबाइल र ई–बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न पनि सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement