नागरिक लगानी कोषको साधारणसभा भदौ ३० गते, २३.१६ प्रतिशत लाभांश पारित गर्दै

Advertisement

काठमाडौं ।नागरिक लगानी कोषले २४ औं वार्षिक साधारण सभा भदौ ३० गते आह्वान गरेको छ । कोष बैठकले सोमबार बिहान ११ः३० बजे कार्की ब्याङ्केट, बबरमहल काठमाडौंमा साधारण सभा आह्वान गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको २३.१६ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पेश गर्नेछ । कोषले २२ प्रतिशतको बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशतको नगद लाभांश स्वीकृत गर्ने भएको छ।

कोषले साधारण सभा प्रयोजनका लागि भदौँ १९ गते बुक क्लोज हुने कोषले जनाएको छ । जसअनुसार भदौँ १८ गतेसम्म कायम सेयरधनीले मात्र कोषको बोनस सेयर र साधारण सभामा भाग लिन पाउनेछन्।

बोनस वितरण पश्चात् कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपियाँ पुग्नेछ।

Advertisement

Advertisement

Advertisement