३९ बीमा कम्पनीको प्रिमियम खर्ब नाघ्यो, पूरानालाई नयाँको कडा टक्कर

Advertisement

काठमाडौं । ३९ वटा बीमा कम्पनीहरुको कुल प्रिमियम एक खर्ब नाघेको छ । २० वटा निर्जिवन बीमा कम्पनी र १९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७५/७६ को अवधीम आफ्नो प्रिमियम १ खर्ब १ अर्ब ७० करोड पुर्याएका हुन् । १९ वटा जीवन बीमा कम्पनीहरुले ७६ अर्ब ६ करोड ८ लाख रुपैंयाँ प्रिमियम संकलन गरेका छन् ।

त्यस्तै, २० वटा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ७० करोड ३२ लाख प्रिमियम संकलन गरेका हुन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार जीवन बीमा कम्पनी तर्फ नेपाल लाइफले २२ अर्ब ८६ करोड प्रिमियम संकलन गरेको छ । त्यस्तै, एलआईसी नेपालले १३ अर्ब ६४ करोड प्रिमियम संकलन गरेको छ । तेश्रो स्थानमा रहँदै नेनशनल लाइफले पनि ७ अर्ब ९२ करोड प्रिमियम उठाएको छ । चौथो स्थानमा भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान आईपुगेको छ । संस्थानले ६ अर्ब २९ करोड प्रिमियम संकलन गरेको छ । मेट लाइफ एलिकोले ४ अर्ब २२ करोड र एसियन लाइफले ४ अर्ब २१ करोड प्रिमियम उठाएका छन् ।

प्राइम लाइपले २ अर्ब ९० करोड प्रिमियम उठाउँदा युनियन लाइफले २ अर्ब ७२ करोड प्रिमियम संकलन गरेको छ । सुर्या लाइफको २ अर्ब २९ करोड प्रिमियम पुगेको छ भने गुराँस लाइफले १ अर्ब ९४ करोड प्रिमियम उठाएको छ । रिलायबल नेपाल लाइफले १ अर्ब ३५ करोढ, सिटिजन लाइफले १ अर्ब ११ करोड र ज्योति लाइफले एक अर्ब प्रिमियम संकलन गर्न सफल भएका छन् ।

आईएमई लाइफले ९० करोड, सन नेपाल लाइफको ८६ करोड, रिलायसन्सको ७२ करोड, प्रभु लाइफको ४५ करोड, सानिमा लाइफको ४३ करोड र महालक्ष्मी लाइफले २० करोड प्रिमियम संकलन गरेका छन् ।

पुरानालाई नयाँको टक्कर
नयाँ बीमा कम्पनीहरुले पुराना जीवन बीमा कम्पनीहरुलाई कडा टक्कर दिईरहेका छन् । युनियन लाइफ, रिलायबल, सिटिजन र ज्योति लाइफले प्रिमियम संकलनमा केहि पुराना कम्पनीहरुलाई उछिनिसकेका छन् । अन्य नयाँ बीमा कम्पनीहरुको रफ्तार पनि ह्वात्तै वृद्धि भैरहेको छ । सञ्चालनमा आएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले शाखा विस्तारलाई व्यापक बनाउँदै २० करोड प्रिमियम संकलन गरिसकेको छ ।
युनियन लाइफले २ अर्ब ७२ करोड प्रिमियम संकलन गरेर अधिकांश पुराना कम्पनीलाई चुनौति दिएको देखिन्छ भने रिलायबल नेपाल लाइफले पनि १ अर्ब ३५ करोड प्रिमियम उठाएको छ । सिटिजन र ज्योतिले पनि क्रमशः १ अर्ब ११ करोड र एक अर्ब प्रिमियम संकलन गर्न भ्याएका छन् ।
निर्जीवन बीमा कम्पनी तर्फ शिखर इन्स्योरेन्सले सर्वाधिक अर्थात ३ अर्ब ५१ करोड प्रिमियम उठाएको छ । दोश्रो नम्बरमा रहँदै सगरमाथा इन्स्योरेन्स कम्पनीले २ अर्ब १७ करोड र तेश्रोमा नेको इन्स्योरेन्सले १ अर्ब ९१ करोड प्रिमियम उठाएका छन् ।
सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब ८६ करोड, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६४ करोड, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब ४५ करोड प्रिमियम पुगेको छ ।

नेपाल इन्स्योरेन्सले १ अर्ब १७ करोड प्रिमियम उठाएको छ । ओरियन्टल इन्स्योरेन्सले ९४ करोड, नेशनल इन्स्योरेन्सको ८५ करोड, युनाइटेडको ४८ करोड, एभरेष्टको ८१ करोड, प्रभुको १ अर्ब १ करोेड, आईएमई जनरलको १ अर्ब २६ करोड, प्रुडेन्सियलको १ अर्ब २४ करोड प्रिमियम पुगेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३६ करोड, राष्ट्रिय बीमा कम्पनी १ अर्ब ३५ करोड, जनरल इन्स्योरेन्स कम्पनी ३३ करोड, अजोडको ४१ करोड र सानिमा जनरलले १९ करोड प्रिमियम संकलन गरेका छन् ।

Advertisement

Advertisement

Advertisement