राहुल गान्धीलाई जम्बु-कस्मिर प्रवेश गर्न दिईएन, एयरपोर्टबाटै फर्काईयो दिल्ली

Advertisement

काठमाडौं । काँग्रेस पूर्व अध्यक्ष राहुल गान्धीसहितका विपक्षी नेताहरुलाई जम्बु कस्मिर प्रवेशमा रोक लगाईएको छ । जम्बु कस्मिरको पछिल्लो अवस्था बुझ्न गएका उनीहरुलाई श्रीनगर एयरपोर्टबाटै फिर्ता गरिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

विपक्षी गठबन्धनको नेतृत्व गर्दै राहुल जम्बु कस्मिर गएका थिए । उनको साथमा कांग्रेस नेता गुलाम नबी आज़ाद, आनंद शर्मा, केसी वेणुगोपाल, सीपीएम महासचिव सीताराम येचुरी, डीएमके नेता तिरुची शिवा, शरद यादव, टीएमसीका नेता दिनेश त्रिवेदी, एनसीपी नेता माजिद मेमन र सीपीआई महासचिव डी राजा लगायत सहभागी थिए । उनीहरुलाई श्रीनगर एयरपोर्टबाटै दिल्ली फिर्ता गरिएको हो ।

पत्रकारमाथी दुर्व्यवहार
श्रीनगर एयरपोर्टमा तैनाथ गरिएका सुरक्षा कमीहरुले पत्रकारहरुमाथी दुर्व्यवहार गरेको आरोप लागेको छ । राहुलसहितका विपक्षी नेताहरु जम्बु कस्मिरको अवस्था बुझ्न आएको थाहा पाएपछि श्रीनगर एयरपोर्ट पुगेका पत्रकारहरुलाई सुरक्षा कर्मीहरुले दुर्व्यवहार गरेका हुन् । डिफेन्स एयरपोर्टका रुपमा रहेको श्रीनगरमा पत्रकारहरुलाई प्रवेश नहुने भन्दै सुरक्षा कर्मीले दुर्व्यवहार गरेका थिए ।

Advertisement

Advertisement

Advertisement