चितवन प्रशासनले नाराजुलुस, धर्नामा प्रतिवन्ध लगायो, पाँच जनाभन्दा बढि सँगै हिँड्नसमेत नपाइने

Advertisement

चितवन । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध जिल्ला अदालतमा मुद्दा दायरपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा नहुन निर्देशन जारी गरेको छ । रवि लामिछानेलाई थुनामुक्त गर्न दशौं हजारले नारावाजी गर्दै धर्ना दिँदै आएको बेला स्थानीय प्रशासनले यस्तो आदेश जारी गरेको हो ।

जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै यस्तो निर्णय गरिएको हो । आइतबार राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदखि अर्को आदेश नभएसम्मका लागि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको छ।

यो आदेशले रविका समर्थकहरुलाई थप आक्रोसित बनाउने देखिएको छ । सुरक्षा बैठकले सोही ऐनअनुसार तोकिएको चार किल्लाभित्र पाँचजना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गर्दै थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । तोकिएको चार किल्लाभित्र हुलदंगा, शान्ति व्यवस्थामा खलल पुर्याउने खोज्नेलाई कडा कारवाही गरिने जनाइएको छ ।

चितवन प्रशासनले तोकेको चार किलामा पूर्वः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म, पश्चिमः पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म, उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म, दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म र उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म ।दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।

Advertisement

Advertisement

Advertisement