छ अर्ब बेरुजु फछ्र्योट गर्न सफल भयो नेपाली सेना

Advertisement

काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नेपाली सेनाको नाममा कायम भएको कूल रु नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा रु छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

आव २०७५/७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६.३६ बेरुजु फछ्र्योट भएको र बाँकी बेरुजुमध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उनले बताए । नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फछ्र्योट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ ।

सेनाको कल्याणकारी कोषतर्फको बेरुजुु रु ७० करोड २० लाख ९३ हजार रहेकामा उक्त आवमा रु ४४ करोड २० लाख ६० हजार फछ्र्योट गरी ६२।९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ ।

पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फछ्र्योटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement