सुनको भाउ हालसम्मकै उच्च, फेरी बढ्यो तोलाको एक हजारले

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ७२ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक हजार रुपियाँले बढेर प्रतितोला ७३ हजार पाँच सय रुपियाँ कायम भएको हो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ७३ हजार दुई सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६३ हजार १५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ७६० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८६० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपियाँ ५० कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement