सेयर बजार राताम्मे, आज धेरै नाफा गर्नेमा साल्ट ट्रेडिङका लगानीकर्ताहरु

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सेयर बजार ओरालो लाग्ने क्रम जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से छ दशमलव ४९ अंकले घटेर एक हजार २०३ कायम भएको छ भने ३८ करोड ५९ लाख रुपियाँको सेयर कारोबार भयो ।

आज होटल, बैंक, हाइड्रोपावर, जीवन बीमा, उत्पादनमूलक समूह, माइक्रोफाइनान्सलगायतका सबै समूहका सुचकहरुमा गिरावट आएको छ । आज राताम्मे हुने समूहका सुचकमा पनि सबैभन्दा धेरै अंकको गिरावट आउनेमा जीवन बीमा समूह रहेको छ । जुन ६८.३ अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको सुचकमा पनि २८.३६ अंकको गिरावट देखिन्छ । त्यसैगरी उत्पादनमुलक समूहका सुचक पनि २२ अंकले ओरालो लागेको छ । जीवन बीमा समूहबाहेक अन्य सबै समूह एक प्रतिशतभन्दा कम अंकले घटेका छन् ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा प्रथमप्रभु बैक रहेको छ । जसको कारोबार एक करोड २१ लाख रुपियाँको बराबरको कारोबार भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा नबिल बैंक रहेको छ । जसको कारोबार एक करोड ७९ लाख रुपियाँ बराबरको भएको छ ।

आज धेरै नाफा गर्नेमा साल्ट ट्रेडिङका लगानीकर्ताहरु अगाडि छन् । ट्रेडिङको नाफामा २८ अंकको सुधार देखिन्छ । त्यस्तै, दोस्रो नाफा कमाउनेमा मेरो माइक्रफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । उक्त फाइनान्सको नाफामा २५ अंकको वृद्धि देखिन्छ ।

त्यसैगरी, आज धेरै घाटा व्यहोर्नेमा एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ, जसको सेयरमा ४१ अंकको गिरावट आएको छ । त्यसैगरी, दोस्रो धेरै घाटा व्यहोर्नेमा आँखुखोला जलविद्युत कम्पनी रहेको रहेको छ, जसले सेयरमा लगानीकर्ताहरुले ४ अंकको घाटा व्यहोरेका छन् ।

Advertisement

Advertisement

Advertisement