सामसङ ग्यालेक्सी ‘नोट १०’ र ‘नोट १० प्लस नेपाली बजारमा, मूल्य यस्तो छ

Advertisement

काठमाडौं । सामसङ मोवाइलको नयाँ संस्करण ‘ग्यालेक्सी नोट १०’ र ‘ग्यालेक्सी नोट १० प्लस’ नेपाली बजारमा भित्रिएको छ । सामसङ नेपालले सोमबार सोमबार एक कार्यक्रमको आयोजना गरी यी मोवाइलहरु सार्वजनिक गरेको हो । ‘ग्यालेक्सी नोट १०’ नेपालभरका आधिकारिक आउटलेटहरुमा उपलब्ध रहेको जनाइएको छ ।

कम्पनीका अनुसार सामसङ ग्यालेक्सी नोट १० को बजार मूल्य एक लाख १६ हजार र नोट १०ं प्लसको एक लाख ३५ हजार कायम गरिएको छ । नोट १० औरा ब्लाक र औरा ह्वाइटमा उपलब्ध छ भने नोट १०ं प्लस औरा ब्लाक र औरा ह्वाइटसँगै औरा ग्लोमा पनि उपलब्ध छ ।

अन्तर्राष्ट्रिय बजारमा गत अगस्ट पहिलो साता सार्वजनिक भएका यी दुई फोनलाई अपेक्षा पूरा गर्ने फोन बनाइएको दाबी कम्पनीले गरेको छ । १० सेरिजमा भएको एस पेनले ह्यान्डराइटिङलाई टेक्स्टमा बदल्छ । यसमा ब्लुटुथ प्रयोग गरी रिमोट कन्ट्रोलझैं बनाउन सकिन्छ ।

यसमा भएको मल्टी क्यामेरा प्रणालीले मुभि प्रविधिलाई मोबाइलमा ल्याउनुका साथै प्रयोग सरल पनि बनाएको छ । पहिलोपटक मोबाइल फोनमा लाइभ फोटोले भिडियोमा विशेष इफेक्ट ल्याउँछ । डेप्थ भिजन क्यामेराले ब्याकग्राउन्ड ब्लरमात्र बनाउँदैन भन्दै कम्पनीले भिडियोलाई फोटोझैं गुणस्तरीय पनि बनाउने जनाएको छ । उच्च गतिको भिडियोलाई पनि निकै सुक्ष्म तरिकाले क्याप्चर गर्छ । सुप स्टडी प्रविधिले भिडियो निकै स्टाबलाइज गराउँछ ।

यी फोनहरुमा एसपेन र भिडियो इडिटर प्रयोग गरी आवश्यकता अनुसार भिडियो बनाउन पनि सकिन्छ । नोट १० ले मेमोरीलाई नयाँ स्तरमा पुर्याएको दाबी गरिएको छ । यसको स्टोरेज क्षमता बढाएर १ टीबी बनाउन सकिन्छ, जुन एउटा ल्यापटपको स्टोरेज क्षमता बराबर ।

१० फोनमा शक्तिशाली ७ नानोमिटर प्रोसेसर प्रयोग गरिएको छ भने १२ जीबीसम्मको र्याम उपलब्ध छ । यो क्षमतामा हाइपरफास्ट फाइभजी चिप जडित छ । यसबाट फाइल डाउनलोड गर्न सकिनुका साथै गेम खेल्न र अविश्वनीय गतिमा कन्टेन्टहरु स्ट्रिम गर्न सकिन्छ ।

कटिङ एज ब्याट्रि इन्टिलिजेन्सले ४३०० एमएएच ब्याट्रि उपलब्ध गराउँछ । यो क्षमता एकदिनका लागि जस्तोसुकै गतिविधिका लागि पर्याप्त बन्दछ । आवश्यक परे फस्ट चार्जिङ प्रयोग गरेर ३० मिनेटमै चार्ज पनि गर्न सकिन्छ ।

नोट भएपछि कम्प्युटर बोक्ने झन्झट पनि अन्त्य हुनेछ । किनकी सामान्य युएसबी केबलको प्रयोग गरेर पीसीमा कनेक्ट गर्न सकिने यो फोनमा डेक्सटप अनुभव लिन सकिन्छ ।

यही समयमा नोट १० ले प्रयोगकर्ताको उच्च सुरक्षाको प्रत्याभूति गराएको छ । भर्खरै सिर्जना भएका फाइल डेक्स्टपमा सिन्क गराउन सकिन्छ । यसका लागि सामसङले माइक्रोसफ्टसँग साझेदारी गरेको हो । अब फोन र कम्प्युटर एकअर्कासँग जोड्न सम्भव भएको छ । फोनमा भएको गतिविधि कम्प्युटरको स्क्रिनमै हेर्न सकिन्छ ।

फोनमा प्रयोग गरिएको भेक्स्पि एआईले एकै कमान्डमा विभिन्न काम आफैं गर्दछ । नोटमा प्रयोग गरिएको डाइनामिक एमोलेड डिस्प्लेले खतराजनक ब्लु किरण ४० प्रतिशत कम गराउँछ यसले आँखालाई क्षति गराउँदैन भने थकित पनि बनाउँदैन ।

सामसङले नोट १० को रुपमा एउटा स्मार्टफोनमात्र नभएर अर्को स्तरको क्षमता सिर्जना गराएको दाबी गरेको छ ।

नोट १० र १०ं प्लसका केही फिचर

डिस्प्लेः ६.३ इन्च, ६.८ इन्च
स्टोरेजः २५६ जीबी, ५१२ जीबी (१ टीबीसम्म)
ब्याट्रिः ३५०० एमएएच, ४३०० एमएएच
र्यामः ८ जीबी, १२ जीबी

Advertisement

Advertisement

Advertisement